प्रतिनिधिसभा उम्मेद्वार बैरागी र पहारी चुनावी घरदैलो अभियानमा
पाेखरा | कात्तिक १६, २०७९
पोखरा । एमालेबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेद्वार दामोदर पौडेल बैरागी र कास्की ३ (२) का उम्मेद्वार राजीव पहारी चुनावी घरदैलो अभियानमा छन् । अभियानकै क्रममा ६० वर्षीया मोतीले एमालेलाई नै भोट हाल्ने बताइन ।
६० वर्षीया मोतीले आफ्नो घरमा पहिरोले क्षति पुर्याएको सुनाइन् । त्यतिबेला तत्कालीन प्रदेश सांसद पहारी खाद्यान्न र पाल लिएर मोतीको घर पुगेका थिए । मोतीले भोट माग्न आएका पहारीलाई चिनिहालिन् ।
आफूलाई दुःख पर्दा राहत लिएर आएको पार्टीका उम्मेद्वारलाई भोट दिने भन्दै मोतीले ढुक्क भएर जान आग्रह गरिन् । ‘पहिला पहिरो जाँदा राहत लिएर आउनुभएको याद छ । भोट सूर्यमै दिन्छु,’ मोतीले उम्मेद्वारसँग आग्रह गरिन्, ‘जितेपछि मेरो घरको आँगन कसरी हुन्छ बनाइदिनु पर्यो ।’
अन्नपूर्ण गाउँपालिका पाउँदुर कोटकी ७८ वर्षीय देवीकुमारी गुरुङको उम्मेद्वार बैरागी र पहारीसँग बाटोमै भेट भयो । उनले आफूले सधैँ एमालेलाई भोट हालेको र यसपटक पनि दिने बताइन् । ‘भत्ता दिने पार्टी हो भन्ने थाहा छ । कहिले यता, कहिले उता गर्ने मान्छे होइन । सधैँ एमालेलाई नै भोट हालेकी छु,’ उनले भनिन् ।
एमाले उम्मेद्वारद्वय बैरागी र पहारीले जनताका समस्या सुन्ने र त्यसलाई समाधान गर्ने वाचासहित आफ्नो चुनावी घरदैलो अभियानलाई जारी राखेका छन् । उनीहरू कास्कीको अन्नपूर्ण गाउँपालिका १, २ र ३ का बस्ती–बस्ती पुगेका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटासहित स्थानीय नेता–कार्यकर्ता उम्मेद्वारसँगै घरदैलोमा थिए ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

